प्रिय मनुज .. माफ गरिदिनु है मलाई ... किनकि म तिम्रो मन्दिरको मुर्ति चोर्न चाहन्छु .. होइन, तिमि गलत सोचिरहेछौ , ... मैले मुर्तिको बय्पार गर्न खोजेको होइन , न मैले तिम्रो इश्वोर को तिरस्कार नै गरेकी छु . किनकि म आफै पनि इश्वोर्लाई अशिम माया गर्छु तर म तिम्रो मन्दिरको मुर्ति चोरेर .. गंगामा बिसर्जन गर्न चाहन्छु .. कारण तिमीले भूलिसकेउ सायद .. इश्वोर मुर्ति र ढुंगा मा होइन तिम्रो स्वच्छ मनमा हुन्छन र सबैको इश्वोर एउतै हुन्छन फरक यतिमात्र छ कि जुन स्वरुप लाइ माया गरिन्छ उसैलाई नै पुजिन्छ तर पूजा मनको हुनुपर्छ स्वछ कर्मले हुनु पर्छ तेसैले म यो एउटा गलत गरि अरुसबै सच्याउन चाहन्छु ; सामाजिक भेदभाब र कुसंस्कारहरु तिमीले सुननै पर्छ .. तिम्रो अन्तर आवाज लाई बेस्तता का स्वरहरु भित्र लुकेको शान्ति छामेर .. अनि हरेक असहाय को सारथी बनेर तब मुस्कुराउने छ तिम्रो इश्वोर .. चन्द्रमा को चहक संगै सुर्यको किरण संगै हरेक निर्दोष आखा हरु मा आस्था बनेर, लाखौ धड्कन हरु मा तिम्रै वरिपरिको प्रेम रुपी संसारमा ....
Warm Welcome and i hope you will enjoy it!