सेतो कपडा ले बेरेर मन्दिर को सिडीमा एउटा बस्तु राखिएको थियो र म टाडा देखि हेरी रहेकी थिए नियाली रहेकी थिए ,त्यो बस्तु यो सोचमा कि , कुनै सज्जन आएर त्यो बस्तु लान्छ आफुसंग .. किनकि त्यो बस्तु अरु केहि नभएर मेरो छोरा थियो! हो, ऊ मेरो छोरा थियो र म उसको अभागी आमा, करिब ९ महिना सम्म उसलाई आफ्नो कोख म़ा राखेकी छु मैले, उसले म़ा भित्र कोल्टे फेरेर जीबन र जगत हेर्ने चाहना बोकेको थियॊ , महसुस गर्न सक्छु म अझै.. उसको कोमल स्पर्सहरु, मभित्र निदाउदा को उसको नयनोपन .. मेरो कोखमा खेल्दै उसले बुनेका सपनाहरु संसार हेर्ने,, तेसैले उसको चाहनाको हत्या गर्न सकिन .. तर माफ गरिदिनुहै मलाई, मेरो छोरा , तिम्रो साथ छाडेर जादै छु म .. तिमिदेखी टाडा ,धेरै टाडा.. तिमि नरुनु है, किनकि तिम्रो रोदनले मेरा पाइलाहरु , बधिन सक्छन र रोकिन पनि त सक्दिन म पक्कै पनि , तिम्रो बालापन हेर्ने चाहना थियो मेरो ... तर अफसोच , म मेरो ममता मरेर जादैछु .. तिमीलाई कुनै येशोदाले भेटोश भन्न आशीस दिएर ... तेसैले मलाई माफ गरिदिनु .. म मेरो बिबस्ताका काडाहरु...