दिनभरी हासेका ओठ ,रातमा आँखा रसाउदा पत्तै पाउदैन।
दुई मिठा वात गरी, पराई काे भिड मा मुछिएका आफन्त
रातभर सपनी मा आई िवपनीमा नभेटिएकाे मित्र
काहाँ काहाँ पिरोलिन्छ मुटु थाहै पाउदैन
दिनभरी हासेका ओठ ,रातमा आँखा रसाउदा पत्तै पाउदैन।
ज्योति झै बलेको रहरको एक दीप ,
बतासले पलपल झ्याल घच्घच्याउदा माया मोह हरेक सम्बन्ध तोडी ,आत्मानै शरीर संग छुट्न खोज्दा
खै काहाँ दु:खछ घाउ थाहै पाउदैन
दिनभरी हासेका ओठ ,रातमा आँखा रसाउदा पत्तै पाउदैन।
Comments
Post a Comment